कैलालीमा ओलीको फेरिएको चुनावी बोली – रेशमलाई हुँदै नभएको मुद्दा !

कैलालीको टीकापुर घटना तथा थरुहट आन्दोलनबारे कुनै कुरा सुन्नै नचाहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोली फेरेका छन् ।२०७७ पुस २४ गते कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले टीकापुर घटनालाई आपराधिक घटनाको संज्ञा दिँदै समाधान नहुने अभिव्यक्ति दिएका थिए ।

त्यसताका बहालवाला प्रधानमन्त्री समेत रहेका उनले भनेका थिए, ‘यहाँ जातजातको बीचमा मारामारको अवस्था ल्याए । टीकापुर काण्डको विभिन्न ढंगले रचना गरियो । नक्कली मान्छे ल्याए, उचाले, जनताको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका । जनता–जनतामा विभाजन ल्याउन खोजे । अहिले पनि कतिपय थारु नेता जेलमा छन् । कसैलाई वारेन्ट होला । यी सबै हामीले हेरिरहेका छौं । पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन कानूनी हिसाबले ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

थरुहट मुद्दाप्रति निकै कडा रूपमा प्रस्तुत हुँदै आएका ओली हाल आसन्न स्थानीय तह निर्वाचनको मुखमा आएर भने, एकाएक बोली फेरेका हुन् ।बिहीवार कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

ओलीले भने, ‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरु अहिले पनि जेलमा छन् । रेशम चौधरी र थारु नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन । अनैकौं हजार मान्छे मारिए, उनीहरूले जेलमा हुनुपरेन तर थारु नेताहरूमाथि सरकारले हुँदै नभएको मुद्दा लगाएर थुनेर राखेको छ ।’

उनले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी सभासँग ६ बुँदे सहमति गरेको तर आफ्नो सरकार ढलेपछि काम हुन नसकेको स्पष्टीकरण दिएका छन् ।उनले अगाडि थपे, ‘मैले सहमति गरेकै हो तर सरकार नै रहेन । यो सरकारले सहमतिको प्रयास नै गरेन । उल्टै थुनेर राखेको छ ।’

चुनावको मुखमा बोली फेरेका ओलीले उल्टै सत्तारुढ गठबन्धनलाई भोटको राजनीति गरेको आरोप लगाए । १० महिना भएको तर कनै समस्या समाधान नभएको उनको तर्क छ ।

 

Loading...