सूचना आयोगले १५औँ स्थापना दिवस मनाउँदै

राष्ट्रिय सूचना आयोगले १५ औँ स्थापना दिवस मनाउँदै छ । संविधानमा सूचनाको हक मौलिक हकका रुपमा स्थापित छ । नेपालको संविधानको धारा २७ मा, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर सूचनाको हकलाई संवैधानिक रूपमै व्यवस्था गरिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

संवैधानिक रूपमा नागरिकलाई दिइएको सूचनाको अधिकारको व्यावहारिक प्रयोगका लागि सूचनाको हकसम्बन्धी ऐन तथा स्वतन्त्र आयोगको रूपमा राष्ट्रिय सूचना आयोगको गठन भएको आज १४ वर्ष पूरा भएको हो । तर सूचनाको हकको कार्यान्वयन जति हुनुपर्ने थियो त्यति प्रभावकारी हुन नसकेको गुनासो छ । सूचना नपाएपछि राष्ट्रिय सूचना आयोगमा परेको पुनरावेदनको सङ्ख्या ८ हजारको हाराहारीमा छ ।

Navadurga sun

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले पालिका चुनावमा सही, तथ्यगत र आधिकारिक सूचनाको महत्त्व अझ बढेको भन्दै नकारात्मक असर पार्न सक्ने सूचना सम्प्रेषण नगर्न आग्रह गरे । साथै उनले मागिएका सूचना सहज रुपमा उपलब्ध गराउन पनि सार्वजनिक निकायलाई आग्रह गरेका छन् ।

स्थापना दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सूचनाको हक सुशासन र लोकतान्त्रिक शासन पद्धतिको आधार रहेको बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...