स्रोत नखुलेको १६ लाख नगदसहित बालाजुबाट दुई पक्राउ

काठमाडौंको बालाजुबाट १६ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

Ganyapdhura gau
Dadhaldhura pur

चितवन भरतपुर महानगरपालिका-११ घर भई तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने २३ वर्षीय सागर जादव पक्राउ परेका हुन्।उनीहरू शंकास्‍पद रूपमा हिँडिरहेको फेला परेपछि प्रहरीले चेक गरेको थियो।

Navadurga sun

नगदको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मैनालीले बताए।उनीहरूमाथि प्रहरी बृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...