कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनगढी- कैलालीमा प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । भजनी नगरपालिका–५ कुटीबाट २२ वर्षीय अमित चौधरीसहित तीन जनालाई पक्राउ गरिएको छ ।

Navadurga sun

बुधबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको टोलीले लागुऔषध सेवन गरिरहेको अवस्थामा ११० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट थप एक जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले ५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित स्थानीय २५ वर्षीय अभिषेक रानालाई पक्राउ गरेको छ।

सोही स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार राति ४८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित ३१ वर्षीय गणेशबहादुर पाललाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...