गोदावरी–८ खुटिया पुलमा हाइसले स्कारपियोलाई ठक्कर दिँदा तीन जना घाइते

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया पुलमा ईभी हाइसले स्कारपियोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

बिहीबार राति करिब ७ः२० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ५५५९ नम्बरको स्कारपियोलाई सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१–००१ ज १७०४ नम्बरको ईभी हाइसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

Navadurga sun

दुर्घटनामा स्कारपियोमा सवार गौरीगंगा नगरपालिका–१ चौमालाकी २२ वर्षीया दमयन्ती रानाको पेटमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्कारपियो चालक गौरीगंगा–१ चौमालाका २८ वर्षीय विकास चौधरीका छोरीहरू ९ वर्षीया युनिसा चौधरी र ६ वर्षीया आयना चौधरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको र दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। हाइस चालक गौरीगंगा नगरपालिका–५ का २८ वर्षीय मनोहर सिंह र स्कारपियो चालक विकास चौधरीसहित दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी बिट स्याउलेबाट प्रहरी सहायक निरीक्षक कालीप्रसाद जोशीको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल प्रहरी बिट स्याउलेबाट करिब एक किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...