कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कैलाली- जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले असोज ८ गते उनीहरूलाई पक्राउ गरेको हो।

Navadurga sun

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–९ का २३ वर्षीय भीमबहादुर रावल र घोडाघोडी नगरपालिका–१० का २९ वर्षीय सन्तोष विक रहेका छन्।

रावललाई ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै, विकलाई सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय तोकिएको थियो।

अदालतबाट फैसला भई कैद तथा जरिवाना कार्यान्वयन हुन बाँकी रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...