सेती नदीमा हामफालेर बेपत्ता युवतीको शव कर्णाली नदी किनारमा भेटियो

धनगढी- डोटीको सेती नदीमा हामफालेर बेपत्ता भएकी एक युवतीको शव कैलालीस्थित कर्णाली नदीको किनारमा फेला परेको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका–६, नाचनथलीकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव बुधबार टीकापुर नगरपालिका–२, मूलपानीस्थित कर्णाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

Navadurga sun

श्रेष्ठ भदौ ३० गते दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमाथिको झोलुङ्गे पुलबाट नदीमा हामफालेपछि बेपत्ता भएकी थिइन्।

शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी श्रेष्ठको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...