गोदावरीमा भ्यानको ठक्करबाट तीन जना घाइते

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा भ्यानको ठक्करबाट तीन जना घाइते भएका छन्।

मंगलबार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च २४२२ नम्बरको भ्यानले ओभरटेक गर्नेक्रममा भ्यानले साउँदले चलाएको सु.प.प्र.०१–०१३ प.८१९८ र डगौराले चलाएको से. ६ प.६०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Navadurga sun

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक कञ्चनपुर बेल्डाडी न.पा. १ बस्ने २० वर्षीय लोकेन्द्र साँउद, पछाडी सवार सोही ठाउँका २३ वर्षीय बिनोद बडुवाल र कृष्णपुर नगरपालिका ५ बस्ने २५ वर्षीय होमिन डगौरा रहेका छन् ।

घाइते तीनै जनालाई उपचारका लागि अत्तरिया अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । चालक र भ्यान नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...