विद्युत् भ्याट छुटको सीमा ५० बाट १५० युनिट पुर्‍याउने सरकारको तयारी

काठमाडौं- सरकारले घरेलु उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युत् महसुलमा ५% भ्याट लाग्ने सीमा ५० युनिटबाट बढाएर १५० युनिट पुर्‍याउने तयारी गरेको छ। यसबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयबीच आन्तरिक छलफल भइरहेको छ। यदि यो निर्णय लागू भयो भने १५० युनिटसम्म मासिक विद्युत् खपत गर्ने घरेलु उपभोक्ताले ५% भ्याट तिर्नुपर्ने छैन।

ऊर्जा मन्त्रालयको अध्ययनअनुसार १५० युनिटसम्म भ्याट छुट दिँदा वार्षिक करिब २ अर्ब २ करोड रुपैयाँ राजस्व घट्ने अनुमान गरिएको छ। तर सरकारको विश्वास छ कि सस्तो विद्युत् उपलब्ध हुँदा विद्युत् खपत बढ्ने, पेट्रोलियम पदार्थको प्रयोग घट्ने र समग्र अर्थतन्त्रलाई दीर्घकालीन फाइदा पुग्नेछ।

Navadurga sun

हाल नेपालमा ५३ लाखभन्दा बढी घरेलु उपभोक्ता छन्। ५० युनिटसम्मको सीमामा करिब ३४.५४ लाख उपभोक्ता मात्र भ्याटमुक्त छन्। सीमा १५० युनिट पुर्‍याइएपछि ४६.९२ लाख उपभोक्ता भ्याटमुक्त हुनेछन् भने कर तिर्ने उपभोक्ताको संख्या ६.१६ लाख मा सीमित हुनेछ। अन्तिम निर्णय भने सरकारले औपचारिक रूपमा स्वीकृत गरेपछि मात्र लागू हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...