सुदूरपश्चिममा सुरक्षा र विपद् तयारी कडा बनाउन मुख्यमन्त्री शाहको निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा उच्चस्तरीय बैठक गरेका छन्।

बैठकमा देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न आन्दोलन, सम्भावित प्रदर्शन र झडपका घटना तथा मनसुनका कारण आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्को जोखिमबारे समीक्षा गरिएको थियो। साथै, सुनसरी र सिराहामा भएका साम्प्रदायिक झडपमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।

Navadurga sun

बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै जिल्ला प्रशासन कार्यालयमार्फत सद्भाव र्‍याली आयोजना गर्न निर्देशन दिएको छ। साथै, सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन र मनसुनजन्य विपद्को उद्धार तथा राहत तयारी पूर्ण अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...