गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन ‘स्रोत बिउ उत्पादन कार्यक्रम’ सुरु

काठमाडौं- कृषि विभागले किसानलाई गुणस्तरीय बिउमा सहज पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न १८ जिल्लाका ५८ वटा स्थानीय तहमा ‘स्रोत बिउ उत्पादन कार्यक्रम’ सुरु गरेको छ।

संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत उन्नत बिउ उत्पादनलाई प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ। कार्यक्रममार्फत ‘हर्दिनाथ–१’ र ‘हर्दिनाथ–३’ वर्णशंकर (हाइब्रिड) धानका जातको प्रवर्द्धन गरिनेछ।

Navadurga sun

विभागका अनुसार २१ वटा जोन र ५ वटा सुपरजोनमार्फत वर्षे तथा चैते धान खेतीमा यान्त्रिकीकरण, उत्पादन वृद्धि तथा मूल्य शृंखला विकासका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, चैते धान खेती विस्तार गर्न किसानलाई विशेष अनुदानसमेत उपलब्ध गराइनेछ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न धानका नयाँ तथा उत्थानशील जात विकासमा जोड दिइएको बताए।

उनले धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन गर्ने प्रविधिको विस्तारलाई पनि प्राथमिकता दिइएको जानकारी दिए।

यसैबीच, विभागले चालु आर्थिक वर्षदेखि महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ८ वटा स्थानीय तहमा धानमा आधारित नयाँ परियोजना पनि सुरु गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...