असार १९ सम्म १४६ निजामती कर्मचारीको राजीनामा, अनिवार्य अवकाशभन्दा बढी

काठमाडौं- चालु आर्थिक वर्षको असार महिना सुरु भएयता निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या अनिवार्य अवकाशमा जानेभन्दा बढी देखिएको छ।

राष्ट्रिय किताबखाना (निजामती)का अनुसार असार १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा देशभरबाट १४६ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। यही अवधिमा १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन्।

Navadurga sun

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण पोखरेलका अनुसार कर्मचारीहरूले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिइरहेका छन्। राजीनामा दिनेमा सहसचिवदेखि सहायक तहसम्मका कर्मचारी रहेका छन्।

तथ्यांकअनुसार ५ जना सहसचिव, ३३ जना उपसचिव, २९ जना शाखा अधिकृत तथा ७९ जना सहायक स्तरका कर्मचारीले पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिएका अधिकांश कर्मचारीले पेन्सनका लागि ‘ई–पेन्सन’ प्रणालीमार्फत आवेदन दिइसकेको महानिर्देशक पोखरेलले जानकारी दिए। राजीनामा बढेसँगै ई–पेन्सन सेवामा आवेदनको चाप पनि उल्लेख्य रूपमा बढेको उनले बताए।

आवेदनको चापका कारण पेन्सन व्यवस्थापनमा राष्ट्रिय किताबखानामाथि अतिरिक्त प्राविधिक तथा प्रशासनिक दबाब सिर्जना भएको जनाइएको छ। कर्मचारी व्यवस्थापन र पेन्सन प्रक्रिया थप प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन तथा व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता देखिएको महानिर्देशक पोखरेलको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...