हवाई इन्धन सस्तो भएपछि आन्तरिक उडानको इन्धन सरचार्ज घट्यो, आजदेखि नयाँ भाडादर लागू

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानमा लाग्ने इन्धन सरचार्ज घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले संशोधित इन्धन सरचार्ज दर निर्धारण गर्दै आजदेखि लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।

नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट घटेर २२९ रुपैयाँ कायम भएको छ। सोही आधारमा क्यानले आन्तरिक उडानका लागि नयाँ इन्धन सरचार्ज दर स्वीकृत गरेको जनाएको छ।

Navadurga sun

प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित इन्धन सरचार्ज आजदेखि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। नयाँ व्यवस्था कार्यान्वयन नगर्ने वा पुरानै दरमा यात्रुसँग भाडा असुल्ने वायुसेवा कम्पनीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

नयाँ दर लागू भएसँगै सुगम तथा दुर्गम दुवै गन्तव्यमा यात्रा गर्ने आन्तरिक हवाई यात्रुले भाडामा केही राहत पाउने अपेक्षा गरिएको छ। प्राधिकरणले संशोधित इन्धन सरचार्जसहितको नयाँ हवाई भाडादरसमेत सार्वजनिक गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...