लम्कीचुहा अस्पतालमा विकास समिति गठनपछि विवाद चर्कियो

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद उत्पन्न भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले हालै सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पतालसँगै लम्कीचुहा अस्पतालका लागि पनि पदाधिकारी र सदस्य नियुक्त गरेको हो। तर, लम्कीचुहा अस्पताल भने अझै व्यावहारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छैन।

Navadurga sun

नगरपालिकाबाट प्रदेशमा हस्तान्तरण नहुँदै विकास समिति गठन गरिएपछि स्थानीय तहले आपत्ति जनाएको छ। हाल उक्त अस्पताल नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्डमार्फत सञ्चालन हुँदै आएको छ। बोर्डका सदस्य पहल शाहीका अनुसार हालै मात्र बोर्डको बैठकसमेत बसेको थियो।

नगरपालिकाको स्वास्थ्य शाखाले पनि अस्पताल हस्तान्तरणबारे औपचारिक जानकारी नआएको जनाएको छ। स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले अस्पताल अझै नगरपालिकाकै बजेटबाट सञ्चालन भइरहेको बताइन्।

यता, सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले संघीय सरकारले अस्पताल प्रदेश मातहत ल्याउने निर्णय गरिसकेको बताए। उनका अनुसार अस्पताललाई १५ शैय्याबाट ५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ, तर कर्मचारी समायोजन लगायतका प्रक्रिया पूरा हुन बाँकी छ।

प्रदेश सरकारले भने अस्पताल सञ्चालनका लागि नयाँ विकास समिति गठन गर्दै रामबहादुर बिष्टलाई अध्यक्ष नियुक्त गरेको छ। साथै सदस्यहरूमा ससिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई राखिएको छ।

कानुनी रूपमा हस्तान्तरण भइसके पनि व्यवहारमा प्रक्रिया अधुरै रहँदा प्रदेश र स्थानीय तहबीच समन्वय अभावले विवाद चर्किएको देखिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...