सुदूरपश्चिम प्रदेशमा नयाँ जनादेशबाट जेनजी आन्दोलनका सवाल सम्बोधन हुने : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनपछि उठेका सवालहरूलाई नयाँ जनादेशमार्फत सम्बोधन गरिने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका कार्यकर्तासँग लम्कीमा भेटघाटका क्रममा उनले यस्तो जानकारी दिएका हुन्।

मुख्यमन्त्री शाहले भने, “नयाँ जनादेशमार्फत जेनजीका सवालहरू सम्बोधन गर्न मुलुकमा निर्वाचन आवश्यक छ। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावलाई सफल बनाउन हामी प्रतिबद्ध छौँ।” उनले एकता नै बल हो भन्ने मान्यतालाई आत्मसात् गर्दै एकताबाट मात्र नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव रहेको बताए।

Navadurga sun

शाहले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व भएको पनि बताए। उनले सरकारबाट निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पनि दलहरू तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास भइरहेको बताए। यस्ता भ्रमका बाबजुद सरकारले निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने दृढ संकल्प व्यक्त गरेको मुख्यमन्त्रीले उल्लेख गरे।

यसैबीच, थारू समुदायको मुद्दाप्रति जेनजीले चासो दिएको खबर पनि छ। संविधानमा आफ्नो हक–अधिकार स्थापित गर्न थारू समुदायले पटक–पटक आन्दोलन गरेको र २०७२ भदौ ७ गते कैलालीमा हिंसात्मक टीकापुर घटना भएको स्मरण गराउँदै, जेनजी सिभिक फोरमकी तनुजा पाण्डेयले भनिन् कि संविधान संशोधनको विषयमा उठ्न सक्ने मुद्दाबारे सरकारलाई अवगत गराउन जेनजीले थारू समुदायको चाहना बुझ्न चाहेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...