बाजुराका नरेश रोकाया नेकपा एमालेको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित

बाजुरा- बाजुराका नरेश रोकाया नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्। भृकुटीमण्डपमा जारी महाधिवेशनमा रोकायाले खुला युवा क्लस्टरबाट उम्मेदवारी दिएका थिए।

उक्त क्लस्टरमा दुई पदका लागि रोकायासहित सुशील कुमार थापाको मात्रै उम्मेदवारी परेपछि दुवै जना सर्वसम्मत रूपमा चयन भएका हुन्। रोकाया र दैलेखबाट प्रतिनिधित्व गर्ने थापा दुवैले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएका थिए। अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षबाट उक्त क्लस्टरमा उम्मेदवारी नपरेपछि सर्वसम्मतको अवस्था बनेको हो।

Navadurga sun

अनेरास्ववियुका निवर्तमान महासचिव रहेका रोकाया विद्यार्थी राजनीतिबाट उदाएका अनुभवी युवा नेता हुन्। ३२ वर्षे उमेरहदका कारण अनेरास्ववियुबाट बिदा भए पनि, पार्टीको ११औँ महाधिवेशनबाट उनी केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रोकायाले जनताको मुद्दा बोकेर पार्टीभित्र युवाको प्रभावकारी प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘मैले दुई दशकसम्म विद्यार्थी आन्दोलनमार्फत उनीहरूको आवाज र मुद्दा उठाएँ। अब जनताको मुद्दा लिएर अघि बढ्छु,’ रोकायाले भने, ‘पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै युवाको बढीभन्दा बढी प्रतिनिधित्व सुनिश्चित गर्न लाग्नेछु।’

बाजुराको गौमुल गाउँपालिका–३ स्थायी बसोबास भएका रोकाया २०६१ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय छन्। उनले २०५६ सालमा बाल विकास माध्यमिक विद्यालयबाट अनेरास्ववियुमा आबद्ध हुँदै संगठन यात्रा सुरु गरेका थिए। त्यसपछि २०६० सालमा अनेरास्ववियु बाजुरा जिल्ला सदस्य, २०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य हुँदै २०६७ सालमा केन्द्रीय कमिटी सदस्य बनेका थिए।

२०७० सालमा पुनः केन्द्रीय सदस्यमा दोहोरिएका उनी २०७२ सालमा केन्द्रीय सचिवालय सदस्य, २०७५ सालमा स्थायी कमिटी सदस्य, २०७८ सालमा उपमहासचिव र २०७९ सालमा महासचिव निर्वाचित भएका थिए।

विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रोकायाले अब नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यका रूपमा नयाँ जिम्मेवारी पाएका छन्। उनले पार्टीको नीति, संगठन र जनसम्बन्ध सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...