

हरिश चन्द/डडेल्धुरा ११ मंसिर- चिसो बढेसँगै डडेल्धुरामा पेट दुख्ने, निमोनिया, रूघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । चिसो सुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो ।





एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् । दैनिक ८० जना भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

हिउदे याम शुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो । दैनिक २०–२२ जना मात्र निमोनिया, रूघाखोकी दम तथा जलन रोगका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । डडेल्धुरा अस्पतालका मेसु अनुसार चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकी, भाईरल ज्वरो, निमोनिया लगायत अन्य श्वासप्रश्वास सम्बन्धि रोगका बिरामीहरूको संख्यामा बृद्धि भएको छ ।
चिसोले बिरामी हुनेहरूमा बालबालिका र बृद्धबृद्धाहरू बढि छन् । यसबर्ष मंसिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, दम जलन मौसमी ज्वरोका साथै अन्य खालका विरामीहरूको संख्यामा बृद्धि भएको अस्पतालमा मे.सु. डा.सुधा देवकोटाले जानकारी दिनु भयो ।
चिसो समयमा बालबालिकाहरूमा निमोनियाको समस्या प्रायः अन्य व्यक्तिमा रूघाखोकि लगाएतको समस्या हुने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।
एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् । चिसो बढेसँगै बालबालिका वृद्ध मात्रै नभई गर्भवती महिला र नवजात शिशुसमेत प्रभावित भएका छन् । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत चिसो बढेसँगै बिरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
चिसोको समयमा भाइरसहरू सक्रिय भएर बालबालिबालिका र बृद्धबृद्धाहरूलाई असर पार्ने भएकोले चिसोबाट बच्न तातो लुगा लगाउन, तातो, झोलिलो खानेकुरा खानु पर्ने । स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् ।

