एनपिएल: आज लुम्बिनीे सुदूरपश्चिम र जनकपुरले पोखरासँग भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो र ४ बजे दोस्रो खेल हुँदैछ।

Ganyapdhura gau

पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ। दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन्।

Navadurga sun
Godawari sandesh

शीर्ष स्थानमा रहेको सुदूरपश्चिम अपराजित छ। उसले तीनै खेलमा जित निकालेको छ। उसले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले र तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले हराएको थियो।

‍तीनै खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले र तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

यता जनकपुर बोल्ट्स भने आज तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो।

Dadeldhura hospital

पोखराले पनि आज तेस्रो खेल खेल्दै छ। प्रतियोगितमा पोखरा पनि जितविहीन छ। पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको पोखरा दोस्रो खेलमा सुदूपश्चिमसँग १८ रनले पराजित भएको थियो।

सुदूरपश्चिम ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी २ अंकका साथ छैटौं स्थानमा रहँदा जनकपुर र पोखरा अंकविहीन हुँदै क्रमशः सातौं र आठौं स्थानमा छ।

सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ। यसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलले लुम्बिनी लायन्सको नेतृत्व गरिरहेका छन्। लुम्बिनीमा कप्तान रोहितसँगै दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

त्यस्तै अनिल साहको कप्तानीमा रहेको जनकपुरमा उनीसहित विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी(ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन्।

पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

Couple
Loading...