बाजुराको उच्च हिमाली क्षेत्र भेडा हबका रूपमा विकास हुने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबका रूपमा विकास गर्ने योजना रहेको बताएका छन्। आइतबार सो क्षेत्रको निरीक्षण भ्रमणका क्रममा उनले हिमाली क्षेत्रमा भेडापालनको उच्च सम्भावना रहेकाले भेडा हब स्थापनाका लागि प्रदेश सरकारले तयारी अघि बढाएको जानकारी दिए।

Ganyapdhura gau

मुख्यमन्त्री शाहका अनुसार भेडापालन व्यवस्थित गर्ने उद्देश्यले आवश्यक प्राविधिक सहयोग, संरचनागत तयारी र आधारभूत पूर्वाधार निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले हिमाली क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र खानेपानीका चुनौती समाधानमा जोड दिने बताए।

“दुर्गम बस्तीसम्म लिफ्टिङ प्रविधिमार्फत स्वच्छ पानी पुर्‍याउन सरकार तयारी अवस्थामा छ,” मुख्यमन्त्री शाहले भने।

यस्तै, उनले हिमाली क्षेत्रमा पाइने औषधीय जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसहित जडीबुटी सङ्कलन, प्रशोधन र मूल्यवृद्धिका लागि आवश्यक आधार संरचना निर्माण गरिने उल्लेख गरे।

मुख्यमन्त्री शाहको भनाइ अनुसार यस्ता परियोजनाले स्थानीय रोजगार सिर्जना, आय–आर्जन वृद्धि तथा हिमाली क्षेत्रको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Couple
Loading...