बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार, १५ लाख बिगो कायम, आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको हिमाली गाउँपालिका–६ मा निर्माण गरिएको प्रसूति केन्द्रको भवनमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार, स्वास्थ्य कार्यालय बाजुरा र उपभोक्ता समितिबीच २०७५/०७६ मा २६ लाख १५ हजार २०६ रुपैयाँमा सम्झौता भए पनि लागतअनुसारका सामग्री प्रयोग नगरी, झूटा बिल पेश गरी रकम हिनामिना गरिएको पाइएको छ।

Navadurga sun

तोकिएका सामग्री जडान नगरी स्थानीय काठ, मसिना वा सुख्खा ढुङ्गा प्रयोग गरिएको, र भवन प्रयोगयोग्य नबनेको पाइएको छ। यसबाट १५ लाख ८ हजार ५५७ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानी पुगेको आयोगले जनाएको छ।

आरोपपत्र दायर व्यक्तिहरूमा तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंह, इन्जिनियर सुनेश कुमार चौरसिया, सब–इन्जिनियर नरेश रावत तथा उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी छन्।

आयोगले गैरकानुनी लाभका लागि झूठा विवरण पेश गर्नु र सार्वजनिक संरचना प्रयोगविहीन बनाउनु गम्भीर भ्रष्टाचारको श्रेणीमा पर्ने भन्दै कानुनी कारबाही अघि बढाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...