नेकपा एमाले गर्‍यो धनगढीमा जनसभा

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले धनगढीमा आज र्‍यालीसहित जनसभा आयोजना गरेको छ।

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी कैलालीले धनगढीमा र्‍याली निकालेर धनगढी उपमहानगरपालिकाको भवन अगाडीको सडकमा जनसभागरेको हो।

Navadurga sun

एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको र्‍याली सुरु भएको थियो। र्‍यालीमा जिल्ला इन्चार्ज नारदमुनि रानासहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो।

जनसभामा बोल्दै नेताहरूले जेन्जी आन्दोलन पश्चात् गठन भएको वर्तमान सरकारलाई विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन्। जेन्जी आन्दोलनले देशभर तोडफोड र आगजनी गरेको भन्दै नेताहरूले आन्दोलनप्रति तिखो टिप्पणी गरेका छन्।

जनादेश प्राप्त सरकारलाई विदेशीको इसारामा फाल्ने काम भएको भन्दै नेताहरूले वर्तमान सरकार गैरसंवैधानिक तरिकाले गठन भएको बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...