सुदूरपश्चिम रोयल्सको एनपिएल ‘ट्रफी टुर’ सम्पन्न

धनगढी- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको सुदूरपश्चिम रोयल्सले सुरु गरेको एनपिएल ‘ट्रफी टुर’ समापन गरिएको छ।

कैलालीको टीकापुरबाट शुक्रवार आरम्भ भएको ट्रफी टुर कञ्चनपुरको महेन्द्रनगर हुँदै पुनः कैलालीको धनगढी पुगेर शनिवार समापन गरिएको हो। समापनअघि धनगढीमा बाजागाजासहित ट्रफी प्रदर्शन गरिएको थियो।

Navadurga sun

एनपिएलको प्रचारप्रसारका साथै क्रिकेटप्रति सबैको उत्साह जगाउन रोयल्सले यो टुर आयोजना गरेको सुदूरपश्चिमवासी समेत रहनुभएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए।

समापनपछि आयोजित पत्रकार सम्मेलनमा रोयल्स टोलीका प्रशिक्षक जगत टमटासहित खेलाडीले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए। दोस्रो संस्करणको एनपिएल प्रतियोगिता आगामी मङ्सिर १ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ।

सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउँद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मित सिंह रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...