मुख्यमन्त्री शाहको निर्देशन: उपभोक्ता समितिमार्फत विकास कार्य नगर्न आदेश

बैतडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।

बैतडीमा शनिवार आयोजित जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त निर्देशन दिएका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै उनले पालिका महासङ्घलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अति आवश्यक भएको ठाउँमा मात्र उपभोक्ता समितिमार्फत काम गर्ने गरी र प्रदेश कानुनअन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिए।

त्यसैगरी, मुख्यमन्त्री शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए। आवश्यक नभएको ठाउँमा बजेट विनियोजन गरिएको र काम सम्पन्न भइसकेका योजनामा पनि काम नगरेको जनगुनासो आउन थालेपछि स्पष्ट रूपमा कार्य योजना तयार गरेर योजना कार्यान्वयन गर्न उनले निर्देशन दिए। “आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको छ”, मुख्यमन्त्री शाहले भने, “यदि यस्तो भएको छ भने त्यस्तो बजेट कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस्।”

कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट, सुरेन्द्र पाल र जानकी ऐर बम, जिल्लाका अन्य जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो। अन्तरक्रिया गर्न मुख्यमन्त्री शाह आइतवार दार्चुला जाने कार्यक्रम छ।

Loading...