शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सभासद् डा. पाललाई सम्मान

अत्तरिया- कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाका सदस्यमा मनोनीत भएका डा. डम्बर बहादुर पाललाई विश्वविद्यालय सङ्घर्ष समितिले बुधबार एक समारोहका बीच सम्मान गरेको छ । लामो समयदेखि विश्वविद्यालय स्थापनाका लागि सक्रिय रहेका पाललाई सभासद् बनेपछि समितिले सम्मान गरेको हो ।

कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष भुपेस जोशी र नव–निर्वाचित सचिव धर्म सिंह कुँवरलाई पनि सम्मान प्रदान गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सभासद् डा. पालले संघर्षकै बाटोबाट सभासद् बनेको बताउँदै जनताको आवाज प्रतिनिधित्व गर्ने पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वविद्यालय ऐन कार्यान्वयनको चरणमा पुगेको र शीघ्र उपकुलपति तथा रजिस्ट्रार नियुक्त हुने जानकारी पनि दिए ।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले विश्वविद्यालय स्थापना भए पनि ६ सय शय्याको अस्पताल र एमबिबिएस पढाइ सुरु नभएसम्म आन्दोलन जारी रहने बताए ।

बैठकले समितिको नाम परिवर्तन गरी ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वयन तथा सरोकार समिति’ राख्ने र बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको सचिव धर्म सिंह कुँवरले जानकारी दिए ।

Loading...