बाजुराको कोल्टी अस्पतालमा तीन दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

बाजुरा- बाजुराको बुढिनन्दा नगरपालिका–१ स्थित कोल्टी आधारभूत अस्पतालमा यही कार्तिक २४ गतेदेखि तीन दिनसम्म निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

Ganyapdhura gau

दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी शिविर आयोजना गर्न लागिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले जानकारी दिए। उनका अनुसार ‘एक एक पाइला’, गेटा आँखा अस्पताल तथा बुढिनन्दा नगरपालिकाको समन्वयमा शिविर सञ्चालन गरिने हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शाहीले शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै माथिल्लो क्षेत्रका चार स्थानीय तहका नागरिकसँगै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायत १७ पालिकाका नागरिकहरू समेत यस शिविरबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

कार्तिक २६ गतेसम्म सञ्चालन गरिने यस निःशुल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा (मोतिबिन्दुको निःशुल्क शल्यक्रियासहित), जेनेरल मेडिसिन, छाला रोग, नाक, कान, घाँटी रोग, स्त्री तथा प्रसूति रोग, दाँत रोग, सामान्य शल्यक्रिया, कलेजो रोग, हाड तथा जोर्नी रोग, बाल रोग, प्याथोलोजी, रेडियोलोजी, इन्डोस्कोपी सेवा र फार्मेसीलगायतका विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ।

हालका वर्षहरूमा कोल्टी आधारभूत अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। दुर्गम क्षेत्रमा रहेर पनि सहज र प्रभावकारी सेवा पु¥याएको योगदानका आधारमा सो अस्पताललाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत समेत गरिएको थियो।

Couple
Loading...