काठमाडौं- नयाँ नियुक्त चार मन्त्रीको शपथग्रहण आज दिउँसो २:३० बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको राष्ट्रपतिका प्रेस संयोजक खीला कार्कीले अनलाइनपानालाई जानकारी दिए ।


प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रीहरूको नियुक्तिपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको प्रेस संयोजक कार्कीले बताए ।

मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
