धनगढी- कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन् ।



कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट डडेल्धुराको अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रकाश साँउद खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।


साँउदलाइ चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





