इसेवासहित विद्यालय र व्यवसायीहरूको सहयोग, कैलाली प्रशासनले पुनः सेवा सुरु गर्‍यो

धनगढी- भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई ठूलो क्षति पुर्‍याएको छ । आन्दोलनकारीले प्रशासनमा आगजनी गर्दा ३ वटा भवनमा क्षति पुगेको छ भने प्रशासनको पुरानो भवन जलेर पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रशासन भवन जलेपछि नागरिकता बनाउने, दर्ता–प्रमाणपत्र जारी गर्ने, स्वीकृति दिने लगायतका महत्त्वपूर्ण सेवा अवरुद्ध भएका थिए । सेवाग्राहीहरू लामो समयसम्म आवश्यक काम गर्न नसक्दा समस्या भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

तर, सहयोगी संघ–संस्था र व्यवसायीहरूले विभिन्न आवश्यक सामग्री उपलब्ध गराएपछि अहिले जिल्ला प्रशासनले सेवा प्रवाह पुनः सुरु गरेको छ ।

Dadeldhura hospital

यस क्रममा इसेवा धनगढी शाखाले अटोमेटिक स्क्यानर मेसिन उपलब्ध गराएको छ । “स्क्यानर मेसिन नहुँदा दैनिक काम प्रभावित भइरहेको थियो । इसेवाले उपलब्ध गराएपछि सेवा प्रवाह सहज भएको छ,” सूचना अधिकारी शिवराज जोशीले बताए ।

इसेवा धनगढीका प्रमुख महेन्द्र शाहीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रशासनलाई सहयोग गरिएको बताए । उनले उक्त मेसिन सूचना अधिकारी जोशीलाई हस्तान्तरण गरेका थिए ।

इसेवा मात्र होइन, यहाँका विद्यालय तथा व्यवसायीहरूले पनि प्रशासनलाई सामाग्री सहयोग गरेका छन् । एरिष्टो, एक्सिस र ग्यालेक्सी बोर्डिङ स्कुल, नास्ट, एसपिए कलेज, एडुपल, प्रहरी पब्लिक म्यानेजमेन्ट क्लब, आलोक फर्निचर, कम्प्युटर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।

सहयोगी संस्थाहरूको साथले प्रशासनलाई फेरि नियमित सेवा प्रवाहमा फर्कन सहयोग मिलेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । उनका अनुसार अझै पनि कार्यालयको संरचनागत पुनर्निर्माण आवश्यक भए पनि तत्कालका लागि सहयोगीहरूको साथले सेवा पुनः सञ्चालन सहज भएको हो ।

Loading...