सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्री सेनाको ब्यारेकमा

धनगढी- जेन्जी पुस्ताको आन्दोलनका कारण सिर्जना भएको सुरक्षा जोखिमलाई मध्यनजर गरी सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीसहितका नेताहरूलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ।

Ganyapdhura gau

भदौ २४ गतेको आन्दोलन सरकारी कार्यालय, राजनीतिक दलका नेता र उनीहरूका घर लगायतका संरचनालाई लक्षित गर्दै प्रदर्शनकारीले आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तोडफोड गरेका बेला मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रदेशका मन्त्रीहरू, प्रदेश प्रहरी प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुख लगायतको बैठक जारी थियाे। मुख्यमन्त्री कार्यालयमा तोडफोड सुरु भएपछि उनीहरू भागेका हुन्।

बैठक चलिरहकै बेला ढुंगामुण गर्दै कार्यालय नियन्त्रणमा लिन खोजेपनि भीड तितरबितर गर्दै प्रहरीले बल प्रयोग गरेको थियो। तत्काल नेपाली सेनाको गाडीमार्फत उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो। उनीहरूलाई सेनाले सुरक्षित स्थानमा लगेपछि भने मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

कैलालीमै रहेको नेपाली सेनाको एक ब्यारेकमा सुरक्षित राखिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य तथा केही स्थानीय जनप्रतिनिधिहरू अहिले पनि सेनाकै सुरक्षामा छन।
अवस्था सामान्य बन्दै गएपछि भने उनीहरूलाई विस्तारै छाड्न थालिएको छ। जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा संसद समेत विघटन गरिएपछि विस्तारै अवस्था सामान्यतर्फ उन्मुख भइरहेको छ ।

Loading...