धनगढीका खैरो हेरोइनसहित एक युवक पक्राउ 

धनगढी- धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीले संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

Dadeldhura hospital

मंगलवार अपराह्न करिब ४ बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा भारततर्फबाट नेपाल आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी–११ बस्ने २९ वर्षीय सन्त राम राना पक्राउ परेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

रालाले चलाएको लेग गार्डमा लुकाइ छिपाइ राखिएको अवस्थामा ६ ग्राम ८३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थसहित मोटरसाइकल र रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...