शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन सरकारलाई संघर्ष समितिको माग

अत्तरिया- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उक्त मागपत्र बुझाउँदै विश्वविद्यालय सञ्चालनका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेको हो।

Ganyapdhura gau

समितिले सुदूरपश्चिमका लाखौं जनताको साझा सपना र आवश्यकता अनुसार विश्वविद्यालयलाई गुणस्तरीय स्वास्थ्य शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र रोजगारी सिर्जनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। समितिका अनुसार प्रतिनिधिसभाबाट २०८२ जेठ ४ गते सर्वसम्मत रूपमा पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण तथा राजपत्रमा प्रकाशित ऐन कार्यान्वयनमा आइसके पनि अझैसम्म विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन।

Navadurga sun
Dadhaldhura pur

ज्ञापनपत्रमार्फत सरकारले विश्वविद्यालयको सभाको गठन र पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने माग गरिएको छ। साथै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट, दक्ष जनशक्ति र उपकरण तत्काल उपलब्ध गराउन पनि समितिले जोड दिएको छ।

त्यसैगरी समितिले यसै आर्थिक वर्षभित्रै चिकित्सा शिक्षा (एमबीबीएस) को सिट संख्या निर्धारण गर्नुपर्नेमा जोड दिएको छ। गेटामा निर्माणाधीन ६०० शैयाको अस्पताल संरचनामध्ये प्रारम्भिक चरणमा कम्तीमा ३०० शैयाको अस्पताल तत्काल सञ्चालनमा ल्याउनुपर्ने मागसमेत समितिले राखेको छ।

ज्ञापनपत्रमा सचिव धर्मसिंह कुँवर, सह–संयोजक आनन्द प्रसाद भट्ट र संयोजक लोकराज पाण्डेय (आगो) का हस्ताक्षर रहेका छन्। समितिले सरकारले अब ढिलाइ नगरी विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाए सुदूरपश्चिमवासीलाई स्वास्थ्य शिक्षा र उपचार सेवामा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...