बाजुराको कोल्टीबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सुरु

बाजुरा- बाजुराको कोल्टीबाट राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य सुरु भएको छ । जिल्लाको पूर्वोत्तरी क्षेत्र कोल्टीबाट पहिलो पटक राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टी आसपासका ४ वटा स्थानीय तहका नागरिकहरूको सहजताका लागि सेवा सुरु गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकहरुको सहजताका लागि कोल्टीबाट विवरण संकलन कार्य सुरु गरिएको बताए । उनले बर्षातमा राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सो क्षेत्रका ४ वटा स्थानिय तहका नागरिकहरुले बेहोर्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै कोल्टीबाटै सेवा सुरु गरिएको बताए । उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट बाजुराका लागि थप भएको स्टेशन कोल्टीमा राखेर करिब एक महिनाका लागि सेवा प्रवाह सुरु गरिएको बताए ।

Navadurga sun

यसअघि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको स्टेशन जिल्ला प्रशासन कार्यालयमा मात्रै रहेकाले सेवाग्राहीले लामो समय लाइनमा बसेर परिचय पत्र प्राप्त गर्नुपर्ने स्थिति थियो । जिल्लाको दुर्गम गाउँबस्तीका स्थानीयहरुलाई सहज हुने गरी आइतबारदेखि अस्थायी रुपमा बुढीनन्दा नगरपालिकाको कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएपछि स्थानीय हर्षित भएका छन ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोले यहाँका बुढापाकालाई मार्तडी गएर परिचय पत्र बनाउँन निकै समस्या भएको बेला अहिले कोल्टीमै त्यो सुविधा पाउँदा निकै खुसी लागेको बुढीनन्दा नगरपालिका स्थानीय काँसी विकले बताए । ‘यस भन्दा पहिला यहाँका बुढीनन्दा, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाका स्थानीय राष्ट्रिय परिचयपत्र बनाउनका लागि दुइ तीन हजार गाडी भाडा तिरेर मार्तडी जाने आउने गरेका थिए’ उनले भने ‘अस्थायी रुपमा भए पनि राष्ट्रिय परिचय पत्र वितरण तथा सङ्कलन कार्य कोल्टीमै सुरु गरेपछि यहाँका बुढापाकाहरुलाई समेत निकै सहज भएको छ ।’ उनले अब परिचय पत्र बनाउनका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने समस्या नरहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...