सुदूरपश्चिममा बैंकिङ कसुर बढ्दो

अत्तरिया-  सुदूरपश्चिममा पछिल्लो समय बैंकिङ कसुरका घटनामा तीव्र वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र बैंकिङ अपराधसम्बन्धी ४४३ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

Ganyapdhura gau

प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित अपराध एकपछि अर्को बढ्दै गएका छन् ।

Navadurga sun
Dadhaldhura pur

विद्यमान कानुनअनुसार अनधिकृत रुपमा खाता खोल्ने वा रकम भुक्तानी गर्ने, चेक तथा खाताको विवरण अरूलाई दिने, धितोको अस्वाभाविक मूल्यांकन गरी ऋण लिने वा दिने जस्ता गतिविधि ‘बैंकिङ कसुर’ भित्र पर्दछन् । नेपालमा यससम्बन्धी कानूनी व्यवस्था ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ मा उल्लेख गरिएको छ ।

कानुनले चेक बाउन्सको हकमा जारी मितिले ६ महिनाभित्र उजुरी दिनुपर्ने प्रावधान गरेको छ । यस्तै, कसुर थाहा पाएको एक वर्षभित्र जाहेरी दिन सकिने र जाहेरी परेको मितिले ६ महिनाभित्र मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा पदाधिकारीका हकमा भने जहिलेसुकै मुद्दा चलाउन सकिने व्यवस्था छ । बैंकिङ कसुरमा संलग्न व्यक्तिलाई बढीमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...