शिक्षिका नृत्य प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम

वाल्मीकि इन्टरनेशनल स्कुल र सक्षम पाठशाला द्धितीय

अत्तरिया- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित शिक्षिका नृत्य प्रतियोगितामा अत्तरियाको सत्यवती एकेडेमीले प्रथम स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

Dadeldhura hospital

शनिबार अत्तरियामा सम्पन्न प्रतियोगितामा वाल्मीकि इन्टरनेशनल स्कुल (धनगढी) र सक्षम पाठशाला (अत्तरिया) ले द्धितीय स्थान प्राप्त गर्दै १०/१० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

Navadurga sun
Godawari sandesh

त्यसैगरी कञ्चनपुरको गुलरिया स्थित कञ्चनजंगा मावि तृतीय भई ७ हजार रुपैयाँ पुरस्कारले सम्मानित भएको छ ।

यस प्रतियोगितामा कुल १४ विद्यालयको सहभागिता रहेको थियो ।

Loading...