धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ

हरिश चन्द/ धनगढी ५ भदौ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन् । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै उनीहरूको समग्र बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो राष्ट्रिय अभियान थालनी गरिएको हो ।

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आज आयोजित एक विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्णप्राशनका थोपाहरू खुवाएर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यो कार्यक्रमले नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको को भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ‘स्वर्ण बिन्दु प्राशन’ हजारौँ वर्ष पुरानो आयुर्वेदिक ज्ञानमा आधारित एक महत्त्वपूर्ण उपचार पद्धति भएको बताउनु भएको छ ।

‘यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग जोड्न सक्यौँ भने स्वस्थ र मेधावी पुस्ता निर्माण गर्ने हाम्रो अभियानमा ठूलो सहयोग पुग्नेछ ।’ यसलाई वैज्ञानिक रूपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्नेमा जोड दिनु दिएका हुन् ।

आयुर्वेद क्षेत्रसँग जोडिएका महत्त्वपूर्ण कार्यक्रमहरूलाई राष्ट्रिय अभियानका रूपमा विस्तार गर्दै सबै बालबालिकाको पहुँचमा पुयाइने मन्त्री पौडेलले भनाई छ ।

कार्यक्रममा सहभागी अभिभावकहरूले बालबालिकालाई स्वर्ण विन्दु खुवाउँदा कुनै हानि नहुने र प्राकृतिक विधिबाट स्वास्थ्य सुधार हुने आशा व्यक्त गरेका छन् । सरकारले स्वास्थ्य क्षेत्रमा यस्तो दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गरे ।

Loading...