आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि

हरिशचन्द/अत्तरिया- डडेल्धुरा जिल्ला भागेश्वर गाँउपालिका रुपालका ७१ वर्षीया मदनबहादुर रसवाल  धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित प्रादेशिकआयुर्वेद चिकित्सालयमा भेटिए । पेटदुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आएका उनले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ  उपचार गर्न आएको बताए ।

उनका गाउका दानबहादुर पनि पेट दुख्ने समस्या हुँदा यही चिकित्सालयआएका थिए । “यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ”, उनले भने, “हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो” ।

godawari10 Mahila hinsa
Navadurga sun

चिकित्सालय परिसरमै भेटिएका बैतडी पाटन नगरपालिका वडा नं ६ का ७६ वर्षीय भुवन विष्टले हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए । “२५ रुपैँयामा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाउनु भएको थियो र आएको हुँ,” उनले भने । २३ प्रकारका औषधी निःशुल्क पाएको र सस्तो भएको उनले बताए ।

चिकित्सालयमा अन्तरङ्ग, बहिरङग, कायचिकित्सा, स्त्री/प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व,महिना सम्मका आमालाई औषधि, पञ्चकर्म सम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका प्रमुख डा.कामेश्वर ठाकुरले जानकारी दिए । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यूनशुल्कमा भर्ना गरिने उनले बताए ।

विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुने क्रम बढेको उनको भनाइ छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख ठाकुरले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागिआउने गरेको बताए । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्म लगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए ।

Dadeldhura hospital

चिकित्सालयका अनुसार कैलाली सहित बैतडी, दार्चुला , बझाङ, डडेल्धुरा , डोटी ,अछाम बाजुरा  लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भने, “अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।”

उनका अनुसार अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए । अझैपनि चिकित्सालयमा भौतिकपूर्वाधारको अभाव छ । ओपिडी र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताए ।

यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उहाँको भनाइ छ । अहिले हामि सग  ३०  शय्यामा मात्र रहेको जानकारी दिनु भयो । ओपिडी सेवा, वरिष्ठ बालरोग चिकित्सक, आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सकद्वारा चिकित्सा सेवा र प्याथोलोजी सेवाहरू गर्दानगर्दै आईरहेको चिकित्सालयले जनाएको छ ।

त्यस्तै पञ्चकर्म सेवालाई गुणस्तरीय बनाउन आवश्यक जनशक्तिको खाँचो, फार्मेसी सञ्चालनका लागिआवश्यक जनशक्तिको अभाव, विदाको दिनपनि सेवा सुचारु गर्न आवश्यक जनशक्ति र कर्मचारीहरुलाई आवासको आवश्यता रहेको उनले बताए । कार्यक्रममा आयुर्वेद परिचय र स्वस्थ जीवनशैलीका बारेमा डा. मोहन जोशीले प्रस्तुतीकरण गरेका थिए ।

बिरामीले आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए । यहाँका नागरिक जीर्ण रोगको उपचारका लागि भारत धाउनु पर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै उनले सेवा विस्तार गर्दै लगिने बताए । आयुर्वेद चिकित्सालयमा ल्याब, ओपिडी, पूर्वकर्म, पञ्चकर्म लगायत सेवा उपलब्ध छन । 

चिकित्सालयले पाइल्स, फिस्टुला, बाथरोग, पेट सम्बन्धी समस्याको उपचार गरिरहेको स्थानिय सुरेन्द्र बहादुर चन्दले जानकारी दिए । बाथरोग, नसाच्यापिएको, हड्डीखिइएको, पक्षघात र छाला सम्बन्धी समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धति अनुसार उपचार सेवा दिइरहेको उनले बताए । आवश्यक जनशक्ति व्यवस्थापन सँगै एम्बुलेन्स तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना भए सेवाप्रवाह अझ स्तरीय र प्रभावकारी हुने चिकित्सालयले जनाएको छ । 

Loading...