






बाजुरा- बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–२ बस्ने २३ बर्षीय रमेश बुढाले कालिकोटको पलाता गाउँपालिका बस्ने २१ बर्षीय प्रिया बम (बुढा) सँग गत बैशाखमा भागि बिहे गरे । लामो प्रेम सम्बन्ध पछि उनीहरु गाउँबाट भागेर बिहे गरे । दुवै जना घरबाट भागेर भारत पुगे ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बसेर उनीहरुले ज्याला मजदुरीको काम गरिरहेका थिए । पैसा कमाएर मंसिर वा माघमा बाजुराको गाउँमा आएर धुमधाम बिहे गर्ने योजना थियो । दुवै जना काम गर्ने भएकाले कमाइ पनि राम्रै थियो । अचानक साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक बाढीपहिरो आयो र दुवै जना पहिरोमा पुरिएर बेपत्ता भए ।
बिहे गरेको ४ महिना मात्र पुगेको थियो । पैसा कमाएर एकातिर धुमाधाम बिहे गर्ने योजना थियो । अर्कोतिर बृद्ध बुवा आमाको उपचार गर्ने योजना थियो । तर दैबको लिला दुवै जना सदाका लागि अस्ताए । ‘ठुलै सपना र योजना बोकेर काम गर्न भारत गए । उतै सदाका लागि बिदा भए’, स्थानीय पन्देवाले भनिन् ।
त्यो दिन धेरै पानी परेको थियो । काम नगएर कोठामै बसेका थिए । एका एक बाढीसँगै आएको पहिरोले तिनीहरुलाई पुरेर बेपत्ता बनाएको अर्को स्थानीय जनक बुढाले बताए । अहिलेसम्म उनीहरुको शव फेला परेको छैन् । अब पाइने सम्भावना पनि न्युन रहेको छ ।
रमेशका बुवा मिमे बुढा, आमा पिउली बुढा दुबै जना दमको बिरामी छन् । छोरा बुहारी कमाएर पैसा पठाउला अनि उपचार गरौला भन्ने आसमा रहेका निराशामा परिणत भएका छन् । छोरा अब फिर्ता आउने आश छैन्, एकातिर बिरामी अर्कोतिर छोरा बुहारीको मृत्युले उनीहरुमा पिडा माथि पिडा थपिएको छ ।
उक्त बाढीपहिरोमा परी बाजुराको सोही पालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका १ का ३६ बर्षीय प्रकाश बुढा, २४ बषीय पछना बुढा, २७ बर्षीया धन बुढा, २८ बर्षीय महेन्द्र महतारा, जयन्द्र बुढा छन् । त्यस्तै वडा नम्बर २ का ४९ बर्षीया पसे बुढा, २९ बर्षीय दिनेश बुढा, ४२ बर्षीय मान बहादुर बुढा, ३२ बर्षीय रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, बिर बुढा, बर्षनी बुढा घाइते भएका छन् । त्यसैगरी, ७ महिने बालिका अपसरा बुढा, ३ बर्षका बादल बुढा, २९ बर्षका मादप महतारा, विपना बुढा, ३४ बर्षका दिपेन्द्र महतारा, ३० बर्षका मान बहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाल पालिका २ जनाले ज्यान गुमाए । धेरै जना घाइते छन् । राहत, घाइतेको उपचार र क्षतिपुर्तिका लागि नेपाल सरकार हुँदै भारत सरकार सँग पहल भइरहेको बताएका छन् ।

