भोलिदेखि पानी पर्ने क्रम थप बढ्ने सम्भावना

काठमाण्डौ । सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान छ । आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही ठाउँ हावाहरुको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूला तथा साना नदी र खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस वर्षको मनसुन भित्रिएदेखि नै राम्रोसँग मनसुनी प्रणाली फैलिन नसक्दा कोशी प्रदेशका केही र मधेशका धेरैजसो भागमा पानी पर्न सकेको थिएन । पर्याप्त वर्षा नहुँदा मधेशमा रोपाइँ प्रभावित भएको छ । पानी पर्नेक्रम शुरू भएसँगै रोपाइँ थप सहज हुने अपेक्षा छ ।

Loading...