

अत्तरिया- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–४ मा ३ महिने कटाई सिलाई तालिम सम्पन्न भएको छ। तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी कैलाली र बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ कार्यालयको सहकार्यमा सञ्चालन गरिएको हो ।





उक्त तालिम समापन कार्यक्रम वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तालिम केन्द्रका प्रमुख भुवन राज पन्त अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।


तीन महिनासम्म सञ्चालन भएको तालिममा १९ जना सहभागीले कटाई सिलाईसम्बन्धी विभिन्न सीप सिकेका थिए । सीप सिकेकाहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

तालिमको उद्देश्य महिलाहरूलाई स्वरोजगारमुखी बनाउनु तथा उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउनु रहेको बताइएको छ ।
कार्यक्रममा तालिम केन्द्रका सूचना अधिकारी प्रकाश बहादुर बोहरा, प्रशिक्षक रजनी चौधरी लगायतको उपस्थिति रहेको थियो ।





