लम्कीचुहा नगरपालिकाको बजेट १ अर्ब २० करोड बढी

कैलाली– लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

बिहिबार नगरपालिकाको १५औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख जुना चौधरीले चालु खर्चतर्फ ७६ करोड ७५ लाख र पुँजीगत खर्चतर्फ ४४ करोड २४ लाख रुपैयाँ विनियोजन गरी कुल बजेट सार्वजनिक गरेकी हुन्।

Navadurga sun

उपप्रमुख चौधरीका अनुसार बजेट खर्चको स्रोतमा आन्तरिक आयबाट ४३ करोड ८७ लाख ६० हजार ८३२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १६८ रुपैयाँ, संघीय सरकारबाट ५५ करोड २९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाले समावेशी र पूर्वाधारमैत्री योजना मार्फत बजेट खर्च गर्ने बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...