डीडीसी नसार्न माग गर्दै आएको संघर्ष समितिले आइतबार प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने 

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) नसार्न माग गर्दै आएको संघर्ष समितिले आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय गरेको छ ।

nava durga gaupalika

संघर्ष समितिको शनिबार बसेको बैठकले आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय गरेको समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताएका छन् ।

डीडीसी धनगढी सार्ने सम्झौता रद्द नभएसम्म कार्यालयमा गरिएको तालाबन्दी यथावत राख्ने निर्णय भएको पाण्डेले बताएका छन् ।

Loading...