कैलालीको गोदावरीमा सडक मर्मत सम्भार तथा डकर्मी तालिम सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालित सडक मर्मत सम्भार तथा डकर्मी विषयक ५० दिने कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

Ganyapdhura gau

गोदावरी नगरपालिका–१, मनहरा, कैलालीमा २०८१ साल फागुन १५ गतेदेखि सुरु भई २०८२ साल वैशाख २१ गतेसम्म सञ्चालन भएको उक्त तालिम TRACE नेपाल प्रा.लि. द्वारा प्रदान गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको आर्थिक सहयोगमा संचालन भएको तालिममा सहभागीले ३५० घण्टा व्यावसायिक अभ्यास सहितको सीप प्राप्त गरेका छन् ।

Navadurga sun
Dadhaldhura pur

गोदावरी नगरपालिका सभाहलमा सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, प्रशिक्षक गंगादत्त भट्ट, TRACE नेपालका सुर्य प्रताप सिंह, रोजगार शाखा प्रतिनिधि र तालिममा सहभागीको उपस्थिति रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले तालिममा सक्रिय सहभागिता जनाएका सहभागीहरूलाई बधाई तथा शुभकामना दिँदै भने, “सीप सिकेर मात्र पुग्दैन, त्यसलाई व्यवहारमा उतार्न जरुरी छ। अब तपाईँहरू आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुहोस् । गोदावरी नगरपालिका यस्ता तालिमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजानेछ ।”

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले तालिमको सफलतामा खुशी व्यक्त गर्दै भने, “श्रम नै सम्मान हो भन्ने भावनालाई आत्मसात् गर्दै यस्तो तालिमले युवाहरूलाई सशक्त बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।”

तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको थियो । गोदावरी नगरपालिकाले आगामी दिनमा समेत रोजगारमुखी तथा सीप अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...