कैलालीको कर्णाली नदीमा एक जना बेपत्ता

धनगढी । कैलालीको कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ भगरैयाका १७ वर्षीय निर्मल चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन्। प्रहरीले उनी टीकापुर नगरपालिका–२ मूलपानी क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका बताएको छ। चौधरी ६ जना साथीसहित कर्णाली नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा निर्मल डुबेका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...