डडेल्धुराको गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै

gyan kendra dadel

डडेल्धुरा- गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ । गन्यापधुरा –२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Khanepani dadeldhura
udhok dadeldhura

खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ । स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदानले सहयोग गर्ने उनले बताए ।

ajaymeru gaupalika

अध्यक्ष कार्कीले भने,’जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ र क्रिकेट खेल्न योग्य मैदान बन्ने छ ।’

Loading...