कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धको मृत्यु  भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–१ स्थित लम्की बहुमुखी क्याम्पस नजिकै आइतबार राति भएको दुर्घटनामा लम्कीचुहा–२ निवासी ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार रिमालले चलाएको से ७ प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको से १ त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो ।

गम्भीर घाइते भएका रिमाललाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Loading...