कञ्चनपुर- कञ्चनपुरमा अनलाईन टिभी पत्रकार संघ गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपस्थितीमा बसेको भेलाले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधिको चयन गरेको छ ।



जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वाददाता ईशु नेगीलाई चयन गरिएको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा न्युज सेभेन टिभीका जिल्ला सम्वाददाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।
भेलाले माथि उल्लेखित सदस्यहरूलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य सञ्चारकर्मी साथीहरूलाई पनि समेटेर अगाडि बढ्ने संयोजक भट्टले बताए ।
अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीले यही बैशाख भित्रै प्रदेशको अधिवेशन हुने भएकाले जिल्लामा समिति पनि छिट्टै गठन हुने बताए । साथै अनलाईन टिभीमा आवद्धता जनाउनु हुने सबैले सक्रियताको साथमा जिल्लामा काम गर्न आग्रह गर्नु भयो ।