सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह गौरिफन्टा नाका हुँदै स्वदेश फिर्ता

धनगढी- साताव्यापी भारत भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह स्वदेश फर्किएका छन् । गौरिफन्टा नाका हुँदै आज मुख्यमन्त्री शाह सहितको टोली स्वदेश फर्किएका हुन् ।

भारत सरकारको निमन्त्रणामा गत साता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरीय सरकारी टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो ।

Navadurga sun

भारत भ्रमणमा रहँदा मुख्यमन्त्री शाहले विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा कृषि, पर्यटन, उर्जा लगायत क्षेत्रको विकास सन्दर्भ छलफल गरेका थिए । टोली आज लखनउबाट स्थलमार्ग हुँदै धनगढी आइ पुगेको हो । मुख्यमन्त्री शाहले भ्रमणका क्रममा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरू सित भेटवार्ता गरेका थिए ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरत कुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...