गोदावरी-१० का वडा अध्यक्ष गुड्डु जनताको सेवामा रातदिन नभनेर काम गर्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) पछिल्लो समय जनसेवामा देखाएको समर्पण, सक्रियता र नेतृत्व क्षमताका कारण उदाहरणीय जनप्रतिनिधिका रूपमा स्थापित हुँदै गएका छन् । हालै आएको भीषण हावाहुरीले माला खेतीदेखि ओलानी सम्मको विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध बनाएको बेला उनले देखाएको कार्यशैलीले जनताको मन जितेको छ ।

हावाहुरीका कारण थुप्रै स्थानमा विद्युत पोल ढलेका थिए, तारहरू चुँडिएका थिए र बिजुली आपूर्ति पूर्णरूपमा ठप्प थियो । स्थानीयवासीहरू घन्टौँसम्म अन्धकारमा बस्न बाध्य भएका थिए । यस्तो विषम परिस्थितिमा वडाध्यक्ष शाहीले रातदिन नभनी आफ्नो समय, ऊर्जा र स्रोत साधन जनताको सेवामा लगानी गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शाहीले विद्युत प्राधिकरणका प्राविधिक, प्राविधिकरणका कर्मचारी तथा स्थानीय प्रशासनसँग समन्वय गरी मर्मत कार्यलाई शीघ्र र प्रभावकारी रूपमा अघि बढाए । दिनको उज्यालोमा मात्र होइन, रातको अँध्यारोमा समेत स्थल निरीक्षण गर्दै समस्या समाधानमा जुटेका उनले हावाहुरीले बनाएको अन्धकारमा उज्यालोको आशा जगाए । केही दिनमै माला खेतीदेखि ओलानी क्षेत्रसम्म पुनः विद्युत आपूर्ति सुचारु भएपछि स्थानीय जनताले राहतको महसुस गरेका छन् । उनीहरू अध्यक्ष शाहीको सक्रियता, नेतृत्व र संकल्पको खुलेर प्रशंसा गरिरहेका छन् । ‘हामीलाई यस्तै नेतृत्व चाहिएको हो, एक स्थानीयवासीले भने, शाहीजस्ता जनप्रतिनिधिको कारणले नै हामीले यति छिटो सेवा पुनः प्राप्त गरेका हौं ।’

अध्यक्ष शाही स्थानीय विकासका हरेक पाटामा अग्रसर देखिन्छन—चाहे त्यो सडक निर्माण होस्, खानेपानी आपूर्ति, शिक्षा, स्वास्थ्य सेवा विस्तार वा विपद् व्यवस्थापन । उनले जनप्रतिनिधि मात्र नभई, एक समर्पित सेवकका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

उनको विचारशील, दृढ र जोसिलो नेतृत्वले वडामा जनताको विश्वास बढाउँदै लगेको छ । जनतालाई निराश हुन नदिने, सँधै उनीहरूको समस्यामा साथ दिने रविन्द्र शाहीको कार्यशैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी बन्न थालेको छ ।

प्राकृतिक विपत्तिको घडीमा देखाइएको संवेदनशीलता, प्रतिबद्धता र सेवाभावले वडाध्यक्ष शाहीलाई नजिकबाट चिनेका जनताले अब भविष्यका लागि पनि यिनै नेतृत्व चाहिएको बताइरहेका छन् । यस घटनाले उनलाई मात्र होइन, समग्र स्थानीय शासन व्यवस्थालाई जिम्मेवार र जनमुखी बनाउने दिशामा एक उदाहरण प्रस्तुत गरेको छ ।

Loading...