वैशाख २८ गतेदेखि कर्णालीमा बजेट अधिवेशन सुरू हुने

सुर्खेत- कर्णालीमा वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरू हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Dadeldhura hospital

प्रदेश सभाको हिउँदे अधिवेशन चैत्र १९ गते अन्त्य गरिएको थियो ।

सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।

Loading...