कैलालीको अत्तरियामा बिगबुल फिटनेस सञ्चालनमा आयो

अत्तरिया- कैलालीको अत्तरियामा बिगबुल फिटनेस सञ्चालनमा आएको छ ।

गोदावरी नगरपालिका- २ अत्तरियाको लोटस गल्लिमा करिब ३ करोडको लगानीमा राजु भट्टराई, राञ्जित लामा, मनोज पाण्डे र दिपक भट्टले बिगबुल फिटनेस, जुम्बा तथा जिम हल सञ्चालनमा ल्याएका हुन् ।

Navadurga sun

बिगबुल फिटनेस, जुम्बा तथा जिम हलका सञ्चालक राजु भट्टराई केही कुरा जानकारी दिनु हुँदै

एक सञ्चालक राजु भट्टराईले पछिल्लो समय युवाहरू लागूऔषधमा फस्दै गएको र स्वास्थ्यमा विविध समस्याहरू देखा पर्ने अवस्था रहेका कारण अत्याधुनिक जिम हल सञ्चालनमा ल्याएको बताए । स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले हामीले अत्याधुनिक उपकरण सहितको जिम र फिटनेस हल सञ्चालनमा ल्याइएको  भट्टराईले बताए ।

बिगबुल फिटनेस, जुम्बा तथा जिम हलका सञ्चालक राञ्जित लामा केही कुरा जानकारी दिनु हुँदै

त्यस्तै अर्का सञ्चालक एवम् फिटनेस प्रशिक्षक राञ्जित लामाले व्यवसायिक हिसाबले भन्दा पनि स्वास्थ्यलाई मध्यनजर गर्दै बिगबुल सञ्चालनमा ल्याइएको बताए ।

आफ्नो स्वास्थ्य प्रति संवेदनशील हुने जोकोहीका लागि फिटनेस आवश्यक रहेको उनले बताए । उनले जिमको दुनियाँमा पाइने सबै कुरा बिगबुलमा उपलब्ध रहेको बताए । बिगबुल फिटनेसको आज एक कार्यक्रमका बिच वनदेवी मन्दिर गुलरिया लोमस गिरी महाराजले उद्‌घाटन गरेका हुन् ।

फिटनेसका लागि महिनाको २ हजार रुपियाँ शुल्क तोकिएको छ । वैशाखमा आउने व्यक्तिलाई इन्ट्री शुल्क निःशुल्क गरिएको जनाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...